काठमाडौं, मंसिर १५ । सरकारले संविधान सशोधन प्रस्ताव दर्ता गरेको विरोधमा एमालेका भातृ संगठन युवा संघले विरोध गरेको छ ।
वानेश्वरमा बुधबार संविधान सशोधनको प्रस्ताव राष्ट्रघाती भएको भन्दै संघले विरोध प्रदर्शन गरेको हो ।
सो अवसरमा युवा संघका नेताहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाले विदेशीको षडयन्त्रमा लागेर संशोधन प्रस्ताव ल्याएको आरोप लगाएका थिए ।









प्रतिक्रिया दिनुहोस्