Logo १८ आश्विन २०८३, आइतबार | Sun Oct 4 2026


ओलाङ्चुङगोला देखि चीनको टिपताला पाससम्म सडक निर्माण हुने


0
Shares

ताप्लेजुङ, मंसिर १६ । ताप्लेजुङको ओलाङ्चुङगोला देखि चीनको सिमाना टिपताला पाससम्म सडक निर्माण हुने भएको छ ।

चीन सरकारले आफ्नो भुमि हुँदै ताप्लेजुङको ओलाङ्चुुङगोलासम्म डोजर ल्याउने अनुमति दिए सँगै सो सडक निर्माणले गति पाउने भएको हो ।

नेपाल तर्फको भागबाट सो स्थानमा सडक निर्माणका लागि डोजर तथा निर्माण सामाग्रि लैजान असम्भव भएकाले नेपाल सरकारको आग्रहमा तिब्बत स्थित रिउ बजार क्षेत्रमा रहेका डोजर तथा औजार प्रयोग गरी टिपतालापास हँुदै ओलाङ्चुङगोला तर्फको भागमा सडक खन्न चीन सरकारले अनुमति दिएको हो ।

यस अघि टिपताला पाससम्मको भागमा सडकको ट्रयाक खोल्ने तयारी गरे पनि चीनको अनुमति नहुँदा ओलाङ्चुङ गोलाका स्थानीयले नेपाल तर्फको भागबाट घरायसी औजारको प्रयोगमा बाटो खन्दै आएका थिए ।

ओलाङ्चुुङ्गोलाबाट करिब २२ किलोमिटर दुरीमा रहेको सिमा क्षेत्रसम्म चीन तर्फको सडक आए पनि नेपाल तर्फको भागमा भने सडक निर्माण हुन सकेको थिएन ।

Skip This