Logo २५ कार्तिक २०८३, बुधबार | Thu, Nov 12, 2026


अडान छाडेर वार्ता र सहमतिबाट निकास खोज्नुहोस: सभामुख घर्ती


0
Shares

काठमाडौं, मंसिर १६ । सभामुख ओन्सरी घर्तीले आ–आफ्नो अडान छाडेर वार्ता र सहमतिबाट निकास खोज्न राजनीतिक दलसंग आग्रह गरेकी छिन् ।

नेपाल पत्रकार महासंघले बिहीबार राजधानीमा गरेको लैंगिक समानता पत्रकारिता पुरस्कार वितरण गर्दै उनले मुलुकको निकासको लागि राजनीतिक दल एकठाउँमा आउनु पर्ने सुझाव दिइन् ।

सहमतिका लागि समय धेरै ढीला भईसकेको भन्दै समस्या सामधान गरेर निर्वाचनको लागि जुट्न पनि आग्रह गरिन् ।

समाज परिर्वतनको लागि समानतको सत्ता आवश्यक रहेको भन्दै घर्तीले समानताको पक्षमा लेख्न सञ्चारमकर्मीलाई आग्रह गरिन् ।

नेपाल पत्रकार महासंघका अध्यक्ष डाक्टर महेन्द्र बिष्टले लैंगिक समानताको पक्षमा नेपाल पत्रकार महासंघले भुमिका खेलेको भन्दै पछिल्लो समयमा सञ्चार क्षेत्र महिलामैत्री बन्दै गएको बताए ।

अहिले मुलुक बाह्य शक्तिको प्रयोगशाला बन्दै गएकोमा चिन्ता व्यक्त गर्दै उनले मुलुकलाई निकास दिन दलहरुसंग अलमलिने समय नभएको बताए ।

कार्यक्रममा यस बर्षको लैंगिक समानता पुरस्कारबाट सञ्चारकर्मी बविता बस्नेत र धिरेन्द्र प्रेमर्षीलाई सम्मानीत गरिएको थियो ।

पुरस्कारको राशी जनहि ४० हजार रुपैंयाँ छ । १० लाख अक्षय कोषबाट यसै बर्षदेखि प्रदान गरीएको पुरस्कार मदरल्याण्ड नेपालका अध्यक्ष अनिल पाण्डेले स्थापना गरिदिएका हुन् ।

Skip This