Logo २५ कार्तिक २०८३, बुधबार | Thu, Nov 12, 2026


एमाले पार्टी कार्यालयमा आगजनी,झ्याल तोडफोड


0
Shares

नवलपरासी, मंसिर १६ । नेकपा एमालेको नवलपरासीस्थित पार्टी कार्यालयमा आगजनी भएको छ ।

बुधबार राति अज्ञात व्यक्तिहरुले कार्यालयमा पेट्रोल छर्केर आगजनी गरेका हुन् । आगजनीबाट सचिव र उपसचिवको कार्य कक्षमा सामान्य क्षति पुगेको छ ।

त्यो समूहले कार्यालयको झ्यालका सिसासमेत तोडफोड गरेको छ । आगजनीमा संलग्नहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । नवलपरासीस्थित एमालेको पार्टी कार्यालयमा आगजनी भएको यो तेस्रो पटक हो ।

Skip This