काठमाडौं, मंसिर १६ । सरकारले संविधान संशोधन विधेयक व्यवस्थापिका–संसदमा दर्ता गरेको विरोधमा नेकपा एमालेको भ्रातृसंगठन अनेरास्ववियुले विहीबार काठमाडौंका विभिन्न क्याम्पसअगाडि प्रदर्शन गरेको छ ।
अनेरास्ववियुले आरआर, त्रिचन्द्र, अमृत साइन्स, सरस्वती, पशुपतिलगायतका क्याम्पसअगाडि विरोध प्रदर्शन गरेको हो ।
विद्यार्थीहरुको प्रदर्शनका कारण विहीबार बिहान काठमाडौंका केही स्थानको ट्राफिक व्यवस्था अस्तव्यस्त बनेको थियो ।









प्रतिक्रिया दिनुहोस्