Logo २५ कार्तिक २०८३, बुधबार | Thu, Nov 12, 2026


गठबन्धनले भन्यो–‘यथास्थितिमा चुनावमा सहभागी हुन सकिँदैन’


0
Shares

                                                                                                     फाइल फोटो
काठमाडौं, मंसिर १६ । मधेसी मोर्चासहितको संघीय गठबन्धनले आफूहरुले राखेको मागलाई सम्बोधन गर्नुको साटो समाजमा विद्यमान विभिन्नखाले विभेद बढाउने ढंगले सरकारले संविधान संशोधन प्रस्ताव दर्ता गराएको भन्दै यथास्थितिमा चुनावमा सहभागी हुन नसक्ने निश्कर्ष निकालेको छ ।

गठबन्धनको विहीबार राजधानीमा बसेको बैठकले विगतमा आफूहरुले उठाएको राज्य पुनःसंरचना आयोगको प्रतिवेदनको आधारमा राज्यको पुनःसंरचना गरिनुपर्ने, राष्ट्रिय पहिचानको मान्यता, अधिकारसहितको संघीयतालगायतका मागलाई संशोधन प्रस्तावले सम्बोधन नगरेको भन्दै चुनावमा सहभागी हुन नसक्ने निर्णय गरेको हो ।

Skip This