Logo २५ कार्तिक २०८३, बुधबार | Thu, Nov 12, 2026


राष्ट्रपतिसँग प्रधानमन्त्रीको छलफल, के भयो कुरा ?


0
Shares

काठमाडौं, मंसिर १६ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गरेका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा विहीबार भएको भेटघाटमा राष्ट्रपति भण्डारीले संविधानको कार्यान्वयन गर्ने सन्दर्भमा सबै राजनीतिक दललाई मिलाएर लैजान सुझाव दिएका थिए ।

राष्ट्रपति र प्रधानमन्त्रीबीच एकघन्टा भएको भेटवार्तामा समसामयिक राजनीतिक विषयमा कुराकानी भएको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए ।

पछिल्लो राजनीतिक परिस्थितिका विषयमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री दाहालले राजनीतिक दलका नेतासँग भेटवार्ता गर्दै आएका छन् । रासस
 

Skip This