डडेल्धुरा, मंसिर १७ । डडेल्धुरा जिल्लाको दुर्गम भनिने रुपाल गाविसमा सडक पुगेपछि स्थानीयबासी हर्षित भएका छन् ।
जिल्लाको सदरमुकामबाट करिब ४२ किलोमिटर टाढा रुपालमा सडक पुगेर यातायातका साधन चल्न थालेपछि भारतको सिमामा रहेको ग्रामीण तथा दुर्गम रुपाल गाविसका बासिन्दा खुशी भएका हुन् ।
लामो समयको संघर्ष पश्चात सडक पुग्दा एक दिन हिंडेर सदरमुकाम जानु पर्ने बाध्यता हटेको भन्दै स्थानीय खुशी भएका हुन् । सडक बनेपछि अब तीन घण्टामा जिल्ला सदरमुकाम पुग्न सकिने भएको छ ।
भारतको उत्तराञ्चल प्रदेशसँग सिमाना रहेको रुपालमा सडक पुगेपछि होटलहरु खुल्न थालेका छन्, बजार व्यवसाय विकास र बिस्तार भईरहेको छ ।
सडकले सामान केही हदसम्म सस्तो भएको र रुपालका स्थानीयवासी फलफूल र तरकारी खेतीतर्फ उन्मुख भएका छन् ।










प्रतिक्रिया दिनुहोस्