Logo १६ बैशाख २०८३, बुधबार | Thu Apr 30 2026


दुर्घटना न्यूनिकरणका लागि कोशी राजमार्गमा ‘क्रस बेरियर’


0
Shares

धनकुटा, मंसिर १७ । सडक निर्माण गरिएको तीन दशकपछि कोशी राजमार्गमा दुर्घटना न्यून गर्न क्रस बेरियर लगाउन थालिएको छ ।

सडकबाट यातायातका साधन बाहिर नजाउन् भन्नका लागि सडक विभागले क्रस बेरियर लगाउन थालेको हो । पहिलो चरणमा धनकुटादेखि ईटहरीसम्मको ७० किलोमिटर मध्ये बढी जोखीमपूर्ण दुई किलोमिटरमा लगाइने छ ।

२०४२ सालमा धनकुटा बनाइएको यस सडकमा पहिलो पटक क्रस बेरियर लगाउन लागिएको हो । क्रस बेरियरमा यातायातका साधन ठोक्किँदा सवारी साधन बाहिर नझरी सडक तर्फनै आउने र दुर्घटनामा कम जोखिम हुने जनाईएको छ ।

करिब एक करोड ४० लाख रुपैयाँ लागतमा क्रस बेरियरसहित रोड मार्कर, थर्म प्लाष्टिक, रोड लाईटसमेत राखिने निर्माण कम्पनीले जनाएको छ ।