Logo २५ कार्तिक २०८३, बुधबार | Thu, Nov 12, 2026


‘राज्य पुनःसंरचना आयोगको सिफारिसकै आधारमा सीमांकन नभएसम्म संशोधन मान्दैनौं’


0
Shares

काठमाडौं, मंसिर १७ । तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)का अध्यक्ष महन्थ ठाकुरले राज्य पुनःसंरचना आयोगले गरेको सिफारिसकै आधारमा संघीय राज्यको सीमांकन नभएसम्म संशोधन प्रस्ताव मान्न नसक्ने बताएका छन् ।

रिपोर्टस् क्लबले शुक्रबार राजधानीमा गरेको कार्यक्रममा उनले आयोगकै सिफारिसका आधारमा राज्य पुनःसंरचना गर्नुपर्ने माग आफूहरुले राखे पनि प्रमुख दलहरुले त्यसलाई बेवास्ता गरेको आरोप लगाए ।

संविधान संशोधन प्रस्तावमा समेटिएका विषयवस्तुकाबारेमा सरकारले आफूहरुलाई औपचारिकरुपमा कुनै जानकारीसमेत नगराएको उनको दुःखेसो थियो ।

 

Skip This