काठमाडौं, मंसिर १७ । नेकपा एमालेलगायतका विपक्षी दलहरुले शुक्रबार पनि व्यवस्थापिका–संसद बैठक अवरुद्ध गरेका छन् ।
संविधान संशोधनको विरोधमा विपक्षीहरुले विहीबारदेखि बैठक अवरुद्ध गर्दै आएका छन् ।
शुक्रबारको बैठकको सुरुमै बोल्दै माले महासचिव सीपी मैनालीले राष्ट्र विखन्डन हुने ढंगबाट संशोधन प्रस्ताव आएको भन्दै त्यो फिर्ता नलिएसम्म संसद चल्न नदिने बताए ।
उनले ‘प्रधानमन्त्री पुष्पकमल दाहालले बहुलाहा कुकरले टोकेकोजस्तो व्यवहार गरेको’ आरोपसमेत लगाए ।
प्रधानमन्त्री दाहाललाई बहुलाहा कुकुरले टोकेको भनेपछि कांग्रेस सांसद रामहरि खतिवडाले नियमापत्ति गर्दै संसद अवरुद्ध गर्न छाडेर प्रधानमन्त्रीविरुद्ध महाअभियोग ल्याउन सुझाव दिए ।
एमाले, माले, राष्ट्रिय जनमोर्चालगायतका दलको अवरोधपछि संसद बैठक आइतबार १ बजेसम्मका लागि स्थगित भएको छ ।
भिडियो हेर्नुहोस्









प्रतिक्रिया दिनुहोस्