चितवन, मंसिर १७ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले देश टुक्र्याएर स्वतन्त्र मधेस बनाउनेहरुप्रति सतर्क रहनुपर्ने बताएका छन् ।
राप्रपाले शुक्रबार भरतपुरमा आयोजना गरेको कार्यक्रममा उनले सानै भएपनि त्यस्तो तत्वलाई नजरअन्दाज गर्न नहुनेमा जोड दिए ।
दुई राप्रपा एकीकरण भइसकेकोले अब देशलाई हिन्दूराष्ट्र बनाइछाड्ने थापाको दाबी थियो ।
राप्रपा एकीकरणपछि राप्रपा चितवनको अध्यक्षमा रामहरि कँडेल चयन भएका छन् ।









प्रतिक्रिया दिनुहोस्