Logo २५ कार्तिक २०८३, बुधबार | Thu, Nov 12, 2026


संविधान संशोधनका लागि माओवादी केन्द्रले अन्य दलसँग सहमति जुटाउने


0
Shares

काठमाडौं, मंसिर १८ । नेकपा माओवादी केन्द्रले संविधान संशोधनका लागि अधिकतम् सहमति जुटाउन दलहरुसँगको छलफललाई तिव्रता दिने निर्णय गरेको छ ।

माओवादी केन्द्रको आज पार्टी अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा बसेको हेर्डक्वार्टर बैठकले नेपाली कांग्रेस, मधेसी मोर्चा र सत्ता गठबन्धनका अन्य दलसँग थप छलफल गरी संविधान संशोधनमा सहमति जुटाएर पारित गर्ने निर्णय गरेको हो ।

बैठकले संविधान संशोधन प्रस्ताव पारित गर्दै निर्वाचनमा जुट्ने निर्णय गरेको प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् ।

बैठकमा प्रधानमन्त्री दाहालले संविधान संशोधनका विषयमा अहिलेसम्म अन्य दलसँग भएको छलफलका बारेमा जानकारी गराएका थिए ।

बैठकले पार्टीको आगामी कार्ययोजना, रिक्त पोलिट्ब्युरो र सचिवालयलाई छिटै पूर्णता दिने निर्णय पनि गरेको छ ।

Skip This