Logo २५ कार्तिक २०८३, बुधबार | Thu, Nov 12, 2026


एक नम्बर प्रदेशका झापा, मोरङ र सुनसरी टुक्र्याउन हुँदैन : देउवा


0
Shares

रत्नप्रसाद आचार्य (इमेज)
सुनसरी, मंसिर १८ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान संशोधनको प्रस्ताव मधेसी मोर्चाको नभइ मधेसी जनताका माग सम्बोधन गर्न ल्याइएको जिकिर गरेका छन् ।

सुनसरीको लौकही गाविसमा शनिबार आयोजित एक कार्यक्रममा कांग्रेस सभापति देउवाले संविधान संशोधन प्रस्ताव पारित हुने दाबी पनि गरे ।

उनले मधेसी जनताको साथ नेपाली कांग्रेसलाई भएकाले उनीहरुका माग पूरा गराएरै छाड्ने प्रतिबद्धता व्यक्त गरे ।

सभापति देउवाले एक नम्बर प्रदेशमा रहेका झापा, मोरङ र सुनसरी टुक्र्याउन नहुने बताए ।

जनताको भावनाअनुसार ती तीनओटै जिल्ला एक नम्बर प्रदेशमै कायम रहने उनको भनाइ थियो ।

Skip This