Logo २५ कार्तिक २०८३, बुधबार | Thu, Nov 12, 2026


मन्त्रीले नै भने–‘संविधान संशोधन प्रस्ताव पास हुँदैन’


0
Shares

नवीन कुइँकेल (इमेज)
लमजुङ, मंसिर १८ । भूमिसुधार तथा व्यवस्थामन्त्री विक्रम पाण्डेले सरकारले व्यवस्थापिका–संसदमा पेस गरेको संविधान संशोधन प्रस्ताव पास हुन नसक्ने दाबी गरेका छन् ।

राप्रपाले शनिबार लमजुङमा गरेको कार्यक्रममा सहभागी हुन पुगेका मन्त्री पाण्डेले सन्चारकर्मीहरुसँग कुरा गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधन प्रस्तावबारे आफ्नो पार्टी र मन्त्रीहरुसँग कुनै सल्लाह नगरेको बताए ।

उनले सरकारमा रहेका ठूला दल कांग्रेस र माओवादी केन्द्रकै नेताहरु संशोधन प्रस्तावको विपक्षमा रहेको र मधेसी दलहरुलेसमेत अस्वीकार गरेकाले प्रस्ताव अस्वीकृत भइसकेको जिकिर गरे ।

Skip This