Logo २५ कार्तिक २०८३, बुधबार | Thu, Nov 12, 2026


वीपीको विचार अवलम्बन गर्न सके सबैखाले समस्याको निकासः कुलबहादुर गुरुङ


0
Shares

काठमाडौं, मंसिर १९ । नेपाली कांग्रेसका पाका नेता तथा केन्द्रीय सदस्य कुलबहादुर गुरुङ(केबी)ले वीपी बाटो अवलम्बन गर्न सके देशका सबैखाले समस्याको निकास हुने बताएका छन् ।

वीपी विचार राष्ट्रिय समाज प्रदेश नम्बर ३ का सभापतिहरुको भेलालाई सम्बोधन गर्दै उनले अहिलेको संक्रमणकालिन अवस्थामा देशभरका कांग्रेसीहरु एकढिक्का हुनुपर्ने सुझाव दिए । उनी समाजका पनि सभापति हुन् ।

भेलामा समाजका उपसभापति गोविन्दराज जोशी र महासचिव विनयध्वज चन्दले वीपीको विचारलाई दुरदराजसम्म फैल्याउनु पर्ने बताए ।

भेलाले जिल्लाहरुमा समाजको सदस्यता वितरण गर्दै संगठन विस्तार गर्ने र आगामी ४१औं राष्ट्रिय मेल मिलाप दिवस सवै जिल्लाहरुमा भव्य रुपले मनाउने निर्णय गरेको छ ।

भेलाले नेपाली कांग्रेस भित्रै वीपीको वीचारमा आएको विचलनमा चिन्ता व्यक्त गर्दै विचारलाई जनस्तरमा पु¥याउन अठोट समेत गरेको छ ।

भेलामा प्रदेश नम्बर ३ अन्तर्गतका जिल्ला सभापतिहरु सिन्धुपाल्चोकका राजेन्द्र ताल्चा भँडेल, काभ्रेका हर्षजित लामा, सिन्धुलीका कृष्ण प्रसाद गौतम, रामेछापका झनक बहादुर श्रेष्ठ, ललितपुरका केदार गोर्खाली, काठमाडौंका सुरेन्द्र मिश्र, नुवाकोटका विष्णु आचार्य, रसुवाका चेरसिङ तामाङ्ग, धादिङका हरिभक्त त्रिपाठी, चितवनका डा.ईश्वरी लोडारी, मकवानपुरका विनोद कोइरालालगायत सहभागि थिए ।

Skip This