काठमाडौं, मंसिर १९ । सत्तारुढ दल माओवादी केन्द्रले तीन महिने कार्ययोजना बनाएर निर्वाचन केन्द्रित अभियान थाल्ने भएको छ ।
आइतबार बसेको माओवादी सचिवालय बैठकले सचिवालय, पोलिटब्यूरो, केन्द्रीय समितिको संख्या निर्धारण गर्दै अबको तीन महिना गाउँ गाउँ पुगेर संगठन निर्माण अभियान संचालन गर्ने र त्यसलाई नै स्थानीय तह निर्वाचनको अभियानका रुपमा लिने निर्णय गरेको हो ।
माओवादीले आगामी बैशाख पहिलो साता स्थानीय तहको निर्वाचन गर्ने गरी सरकारले निर्वाचन मिति घोषणा गर्नुपर्नेमा जोड दिएको छ ।
सचिवालयले बनाएको कार्ययोजना आजै बस्ने पोलिटब्युरो बैठकले अनुमोदन गर्ने प्रवक्ता पम्फा भुषालले जानकारी दिए ।









प्रतिक्रिया दिनुहोस्