काठमाडौं, मंसिर १९ । संसद बैठक मंसिर २२ गतेसम्मका लागि स्थगित भएको छ ।
आइतबार विपक्षी दलका सांसद आफ्नो सीटमा बस्न नमानेपछि सभामुख ओनसरी घर्तीले आगामी बुधबारसम्मका लागि बैठक स्थगित गरेकी हुन् ।
संविधान संशोधन विधेयकविरुद्ध एमाले लगायतका विपक्षी दलले अवरोध गरेपछि बैठक स्थगित गरिएको हो । नेपाल मजदुर किसान पार्टीकी सांसद अनुराधा थापा मगरले बोलेलगत्तै विपक्षी दलका सांसदहरु आफ्नो सिटबाट उठेका थिए ।
संसदको अर्को बैठक २२ गते दिउँसो १ बजे बस्नेछ । आजको बैठकमा अख्तियारका निलम्बित प्रमुख लोकमानसिंह कार्कीको महाअभियोगको प्रस्तावमाथिको छलफल अघि बढाउन कार्यसूची थियो ।









प्रतिक्रिया दिनुहोस्