काठमाडौं । आफूहरुले राखेका मागको सुनुवाइ नभएको भन्दै शेयर लगानीकर्ता दबाब समूहले नेपाल धितोपत्र बोर्डको कार्यालयमा तालाबन्दी गरेको छ ।
पूँजी बजार सुधार र विस्तारका लागि आफूहरुले राखेका ३२ बुँदे मागको कुनै सुनुवाइ नभएको भन्दै लगानीकर्ता दबाब समूह तालाबन्दी गरेको हो ।
शेयर लगानीकर्ता दबाब समूहका अध्यक्ष हरि ढकालको नेतृत्वमा गएको टोलीले बोर्डको कार्यालय जावलाखेलमा तालाबन्दी गरेको हो ।
बोर्डको नेतृत्व पूँजी बजारको सुधार र विस्तारप्रति गैरजिम्मेवार भएको आरोप दबाब समूहको छ ।
तालाबन्दीपछि लगानीकर्ताहरु बोर्ड परिसरमा शान्तिपूर्वक धर्नामा बसेका छन् ।
यसअघि दबाब समूहले शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई मागपत्र बुझाएको थियो ।









प्रतिक्रिया दिनुहोस्