Logo २५ कार्तिक २०८३, बुधबार | Thu, Nov 12, 2026


प्रधानमन्त्रीलाई विरोधपत्र


0
Shares

बर्दिया, मंसिर २० । प्रदेश नम्बर ५ बाट पहाडी जिल्लाहरुलाई फुटाउने गरी गरिएको संविधान संशोधन प्रस्तावकोविरुद्धमा नेकपा एमाले बर्दियाले जिल्ला प्रशासन कार्यालय बर्दियामार्फत् प्रधानमन्त्रीलाई विरोधपत्र बुझाएको छ ।

उद्योग वाणिज्य संघ गुलरियाको आह्वानमा सोमबार गरिएको बजार बन्दमा ऐक्यबद्धता जनाउँदै एमाले, माले, राष्ट्रिय जनमोर्चा, नागरिक समाज बर्दियाले र्‍यालीसहित बजार परिक्रमा गरेपछि विरोधपत्र बुझाएका हुन् ।

५ नम्बर प्रदेश विभाजन गर्ने विधेयक औचित्यहीन रहेको भन्दै प्रदर्शन गरिएको हो ।

यता, नवलपरासीमा मधेसी मोर्चाको बैठकले परासी क्षेत्रमा नेकपा एमालेलाई कार्यक्रम गर्न नदिने निर्णय गरेको छ ।

Skip This