सीता पाण्डे (इमेज)
पाल्पा, मंसिर २० । पाल्पामा ५ नम्बर प्रदेश ‘टुक्र्याएको’ विरोधमा सोमबार विशालर्याली निकालिएको छ ।
नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माले, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा नेपाल, अखन्ड पार्टी नेपाललगायत राजनीतिक दलको अगुवाइमा तानसेनमा हजारौं व्यक्तिहरु प्रदर्शनमा उत्रिएका हुन् ।
आन्दोलनमा सांसदहरु सोमप्रसाद पाण्डे, राधाकृष्ण कँडेल, कांग्रेस जिल्ला पार्टी सभापति वीरबहादुर रानालगायतका नेताहरुले संशोधन विधेयक फिर्ता नलिएसम्म आन्दोलन नरोकिने बताए ।
आन्दोलनमा सहभागी हुन गाउँ–गाउँबाट सर्वसाधारण ठूलो संख्यामा तानसेन आएका थिए ।
विगत ६ दिनदेखिको बन्दका कारण जिल्लाको जनजीवन कस्टकर बनेको छ ।









प्रतिक्रिया दिनुहोस्