Logo १७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026


रोल्पालीले भने–‘आफ्नो लागि बलिदान दिनेबेला आयो’


0
Shares

रोल्पा, मंसिर २० । रोल्पा र प्यूठानसहित पहाडी जिल्लालाई ५ नम्बर प्रदेशबाट टुक्र्याउने गरी व्यवस्थापिका–संसदमा दर्ता गरिएको संविधान संशोधनको प्रस्तावविरुद्द रोल्पामा सोमबार विरोधर्‍याली निकालिएको छ ।

रोल्पामा सर्वदलीय तथा सर्वपक्षीय संघर्ष समितिको आयोजनमा लिबाङको टुँडिखेलबाट सुरु भएको विरोधर्‍याली बीच बजार हुँदै सात्ताले खोलाबाट पुनः टुँडिखेलमा पुगेर कोणसभामा परिणत भएको थियो ।

कोणसभामा बोल्ने वक्ताहरुले सरकारले रोल्पाली जनताको बलिदानको अपमान गरेको भन्दै अब आफ्नो लागि बलिदान दिनेबेला आएको बताए ।

आन्दोलन समयभर बजार, पसल, होटल, यातायात, उद्योग–कलकारखाना बन्द गरिएको थियो ।

यस्तै, प्यूठानमा पनि सर्वदलीय संघर्ष समितिले विरोध प्रदर्शन गरेको छ ।