धादिङ, मंसिर २० । उपराष्ट्रपति नन्दबहादुर पुनले सरकारको मुख्य दायित्व संविधान कार्यन्वयन भएको बताएका छन् ।
धादिङको त्रिपुरेश्वर–३ खहरेमा नवनिर्मित विद्यालय भवनको सोमबार उद्घाटन गर्दै पुनले विश्वको कुनैपनि संविधानले नेपालको संविधानसँग प्रतिस्पर्धा गर्न नसक्ने भन्दै यसको कार्यान्वयनका लागि एकजुट हुन आह्वान गरे ।
संविधान कार्यन्वयन गर्ने कार्य सबैको साझा एजेन्डा भएका कारण राज्य र जनतासँगको सहकार्य आवश्यक रहेको उनको भनाइ थियो ।









प्रतिक्रिया दिनुहोस्