जनकपुर, मंसिर २० । सात दिवसीय ऐतिहासिक रामजानकी विवाहपञ्चमी महोत्सव सम्पन्न भएको छ ।
विवाहपञ्चमी महोत्सवको सोमबार अन्तिम दिन राम–जानकीको रामकलेवा सम्पन्न भएको हो ।
रामकलेवामा राम, लक्ष्मण, भरत, शत्रुधन, सीता, उर्मिला, माण्डवी र श्रुतीकृतिलाई एकैसँग बसाएर खाना खुवाइएपछि उक्त महोत्सव सम्पन्न गरिएको हो । खाना खुवाउनका लागि जानकी मन्दिरको प्रांगणमा विशेष मन्डप बनाइको थियो ।
साताव्यापी विवाहपञ्चमी महोत्सवका क्रममा नगरदर्शन, फूलबारी लीला, धनुषयज्ञ, मटकोर र विवाह, रामकलेवा सम्पन्न भएका थिए । रामकलेवाको अवसरमा मन्दिरको प्रांगणमा हजारौंको सहभागिता रहेको थियो ।
जानकी मन्दिरको प्रांगणमा जानकी मन्दिरका महन्त रामतपेश्वर दास बैष्णवले लत्ता–कपडा, प्रसाद दिएर जन्तीको बिदाइ गरेका थिए ।










प्रतिक्रिया दिनुहोस्