Logo १३ चैत्र २०८२, शुक्रबार | Fri Mar 27 2026


चीनमा नेपालसम्बन्धी चलचित्र बन्दै


0
Shares

काठमाडौँ, मङ्सिर २१। प्रधानमन्त्री पुष्पकमल दाहाललाई चिनियाँ चित्रकारको एक टोलीले मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भेटी प्रधानमन्त्री दाहाल र चिनियाँ राष्ट्रपति सि जिन पिङका चित्र हस्तान्तरण गरेको छ ।

भारतको गोवामा हालै सम्पन्न ब्रिक्स सम्मेलनका क्रममा ती दुई शीर्ष व्यक्तित्वबीच द्विपक्षीय भेटवार्ता हुँदा खिँचिएको तस्बिरलाई चिनियाँ चित्रकारले उतारेका थिए ।

सो अवसरमा प्रधानमन्त्रीले आफू चिनियाँ कलाबाट प्रभावित भएको बताउँदै यसले नेपाल र चीनबीचको सम्बन्धमा थप हार्दिकता थपेको बताउनुभएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीले नेपाल र चीनबीचको जनस्तरमा विकसित सम्बन्धले दुई देशबीचको सम्बन्धमा प्रगाढता ल्याउने बताउँदै जनता–जनताबीचको सम्बन्ध विकसित गर्न यस्ता कदम स्वागतयोग्य हुन्छन् भने।

चिनियाँ टोलीले गौतम बुद्धको जन्मस्थल लुम्बिनीलगायत नेपालको ऐतिहासिक विषय समेटेर चलचित्र तयार भइरहेको पनि प्रधानमन्त्रीलाई अवगत गराएको थियो । रासस