काठमाडौं, चैत ९ । सुन–चाँदी व्यवसायीहरुले सरकारले सुन–चाँदी, हीरा, जवाहरत व्यवसायसम्बन्धी कानुन तथा मापदन्ड नल्याएको भन्दै गुनासो गरेका छन् ।
शनिबार काठमाडौं सुन–चाँदी व्यवसायी संघको १६औं वार्षिक साधारणसभामा उनीहरुले निर्यातसम्बन्धी नीति, निर्देशन, कानुन माग गरेका हुन् ।
वार्षिक ९ अर्ब रुपैयाँ बराबर राजस्व संकलन हुने यस क्षेत्रमा निर्यातसम्बन्धी कुनैपनि नीति, नियम नबनाइएको भन्दै तत्काल बनाउन सरकारको ध्यानाकर्षण गराएका हुन् ।
कानुनको अभावमा अन्योलरुपमा कारोबार गर्न बाध्य भइरहेको उनीहरुको भनाइ थियो ।
संघले नीति, नियम बनाएर व्यवसायका लागि सहज वातावरण बनाउन पनि माग गरेको छ ।









प्रतिक्रिया दिनुहोस्