कविराज घिमिरे (इमेज)
धनकुटा, मंसिर २१ । धनकुटाका ग्रामीण क्षेत्रमा पछिल्लो समय जंगली जनावरको आतंक बढेको छ ।
जंगलवाट हुल बाँधेर आउने जनावरले कृषिजन्य उत्पादन नस्ट गर्न थालेपछि ग्रामिण क्षेत्रका कृषक समस्यामा परेका हुन् ।
धनकुटा नगरपालिका वडा नम्बर–१४ माहांगका कृषक यतिबेला जंगली जनावरको आतकंका कारण चिन्तित छन् । दिउँसो बाँदर र बेलुका बँदेल हुलका हुल आएर कृषिजन्य उत्पादन नस्ट गर्न थालेपछि उनीहरु चिन्तित बनेका हुन् ।
४५ घर–परिवार रहेको सो गाँउमा सात वर्षअघिबाट जंगली जनावरले क्षति गर्न थाले पनि तीन वर्षयता भने समस्या बढेको हो ।
सुरुमा मकै, दाललगायतका बालीमामात्र बढी समस्या पुर्याउने गरेकोमा हाल आएर गोलभेंडा, खुर्सानीलगायतका सम्पूर्ण बालीमा क्षति पुर्याउन थालेपछि कृषक थप समस्यामा परेका छन् ।
जंगली जनावर नियन्त्रणका लागि कसैले चासो नदिएको तथा बसाइँसराइले जंगल बढ्दा समस्या थपिएको हो । जंगली जनावरकै कारण माहांगमामात्रै एक सय रोपनीभन्दा बढी जग्गा बाझिएको स्थानीय बताउँछन् ।
जंगली जनावर आतकंका कारण आफूहरु बसाइँनै सर्नुपर्ने अवस्था आएको उनीहरुको गुनासो छ । एक रिपोर्ट (भिडियो हेर्नुहोस्) ।





प्रतिक्रिया दिनुहोस्