२८ श्रावण २०८२, बुधबार | Thu Aug 14 2025


विमानस्थलबाट ६ किलो चरेससहित टर्किस नागरिक समातिए


0
Shares

काठमाडौं, मंसिर २१ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६ किलो चरेससहित टर्किस नागरिक पक्राउ परेका छन् ।

लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिएको प्रहरी टोलीले सोमबार विमानस्थलको प्रस्थानकक्षबाट ४४ वर्षीय ओजगुर टानलाई पक्राउ गरेको हो ।

फ्लाइट नम्बर ‘टीके ७२७’ बाट टर्कीको स्तामबुल जान लागेका उनलाई चेकजाँच गर्दा सुटकेसको पिँधमा फल्स बटम बनाइ लुकाइ–छिपाइ लैजान लागेको अवस्थामा उक्त चरेस बरामद भएको ब्युरोले जनाएको छ । रासस