फाइल फोटो
काठमाडौं, मंसिर २१ । हवाई इन्धनको मूल्य घटेसँगै आन्तरिक हवाई भाडादर पनि घटेको छ ।
निजी विमान सन्चालकहरुको संस्था एअरलाइन्स अपरेटर्स एसोसिएसन अफ नेपालले हवाई भाडा समायोजन गरेको जनाएको हो ।
संघले न्यूनतम् ९० देखि अधिकतम् ३१० रुपैयाँसम्म आन्तरिक उडान भाडादर घटेको जनाएको छ ।
नेपाल आयल निगमले सोमबार मध्यरातदेखि लागू हुने गरी हवाई इन्धनको मूल्य प्रतिलिटर ८ रुपैयाँ घटाएको थियो ।





प्रतिक्रिया दिनुहोस्