Logo ९ पुस २०८२, बुधबार | Wed Dec 24 2025


निगम–सोल्टी होटल सम्झौता


0
Shares

काठमाडौं, मंसिर २१ । नेपाल वायुसेवा निगम र सोल्टी क्राउन प्लाजाबीच विदेशी पर्यटक भित्र्याउन सहकार्य गर्ने विषयमा समझदारी भएको छ ।

मंगलबार यससम्बन्धी सम्झौतापत्रमा निगमका प्रबन्ध निर्देशक सुगतरत्न कंसकार र सोल्टी होटलका महाप्रबन्धक ओपल मजुम्दारले हस्ताक्षर गरे ।

अन्तर्राष्ट्रिय चेन होटल सोल्टी र निगमले संयुक्तरुपमा अन्तर्राष्ट्रियरुपमा बजार प्रबद्र्धनको पनि काम गर्ने जनाइएको छ ।

वायुसेवा निगमले नेपाली कामदारमात्रै नभइ अन्तर्राष्ट्रिय पर्यटक पनि बोक्न होटलसँग यस्तो सम्झौता भएको प्रबन्ध निर्देशक कंसाकारले बताए ।

महाप्रबन्धक मजुम्दारले विशेष गरी माइस पर्यटनको विकासका लागि संयुक्तरुपमा काम गर्ने बताए ।

निगमको सोल्टी होटलमा १२ प्रतिशत शेयर लगानी पनि रहेको छ ।