Logo ३० असार २०८३, मंगलबार | Wed Jul 15 2026


नेपालमा पहिलोपटक श्रीमद् भागवत विद्यालय निर्माण गरिने


0
Shares

काठमाडौं, चैत ९ । नेपालमा पहिलोपटक श्रीमद् भागवत विद्यालय निर्माण गरिने भएको छ ।

विद्यालय निर्माणका लागि शनिबारदेखि काठमाडौंको शंखमूलमा श्रीमद् भागवत कथा प्रारम्भ गरिएको छ ।

कथावाचनको शुभारम्भ गर्दै प्रदेश नम्बर–३ का सांसद गणेशप्रसाद दुलालले आध्यामिक चिन्तनबाटै मुलुकमा शान्ति र अमनचयन कायम गर्न सकिने विश्वास व्यक्त गरे ।

त्यसअघि, विश्वशान्तिको कामना गर्दे कलशयात्रा निकालिएको थियो ।

संकलित रकमबाट सोही ठाउँमा गणेश मन्दिरसमेत निर्माण गरिने जनाइएको छ ।