३१ असार २०८२, मंगलबार | Wed Jul 16 2025


सिरियामा ‘आइएस पराजित’


0
Shares

काठमाडौं, चैत ९ । अमेरिकी समर्थनको सिरियन डेमोक्रेटिक फोर्स ‘एसडीएफ’ले सिरियामा इस्लामिक अतिवादी समूह ‘आइएस’ पराजित भएको दाबी गरेको छ ।

आइएसले आफ्नो अन्तिम पकड क्षेत्र पूर्वी बाघुज गाउँसमेत गुमाएपछि एसडीएफले यस्तो दाबी गरेको हो ।

कुर्दिस नेतृत्वको एसडीएफका प्रवक्ताले सिरियाको शतप्रतिशत भू–भागमा आइएस पराजित भएको जनाएका छन् ।

एसडीएफको फौजले बाघुजमा विजयको झन्डा फहराएको अन्तर्राष्ट्रिय सन्चारमाध्यमहरुले जनाएका छन् ।

आइएसका प्रवक्ताले भने अडियो सन्देश जारी गर्दै संघर्ष समाप्त नभएको जनाएका छन् ।

सिरियाको भू–भाग गुमाएपनि आइएस अझै ठूलो सुरक्षा चुनौती रहेको विश्लेषण गरिएको छ ।

इराकी सरकारले सन् २०१७ मै आइएस पराजित भएको घोषणा गरेको थियो ।

कुनै समय सिरिया र इराकको ८८ हजार किलोमिटर क्षेत्र ‘जिहादी’ समूह आइएसको नियन्त्रणमा  थियो ।

इराकमा सन् २००३ मा अमेरिकी सेनाको हस्तक्षेपपछि आइएस सक्रिय जिहादी समूहकारुपमा देखापर्न थालेको थियो ।

सन् २०११ मा सिरियाली राष्ट्रपति बशार अल असादको शासनविरुद्ध पनि यो समूह सक्रिय बनेको थियो । (एजेन्सी)