Logo ९ पुस २०८२, बुधबार | Wed Dec 24 2025


बुधबार नेप्से ऋणात्मक


0
Shares

काठमाडौं, मंसिर २२ । अघिल्लो दिन सामान्य अंकले सकारात्मक रहेको शेयर बजार बुधबार पुनः ऋणात्मक रह्यो ।

उतार–चढावबीच बजार परिसूचक नेप्से आधा अंक बढीले ऋणात्मक रहेर १५ सय ५३ दशमलव नौ शून्य कायम भएर थामियो ।

कारोबार भएकामध्ये आधाभन्दा बढी समूह ऋणात्मक रहे । होटल, बीमा, वित्त, वाणिज्य बैंक र विकास बैंक ऋणात्मक रहेका हुन् ।

होटल समूह सबैभन्दा उच्च २९ अंकले र बीमा समूह २१ अंकले झरे पनि अरु सामान्य अंकले झरेका हुन् । जलविद्युत्, उत्पादनमूलक र अन्य समूह भने सकारात्मक रहे । जलविद्युत् समूह ३६ अंकले उकालो लागेको हो ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय ३७ कम्पनीको ६ लाख ८२ हजार बराबर कित्ता शेयर ५० करोड ८८ लाख रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।