३१ असार २०८२, मंगलबार | Wed Jul 16 2025


अमेरिकी निर्वाचनमा रुसी हस्तक्षेपबारे प्रतिवेदन तयार


0
Shares

काठमाडौं । सन् २०१६ मा अमेरिकामा भएको राष्ट्रपति चुनावमा रुसी हस्तक्षेपबारे अनुसन्धान गरिरहेका विशेष काउन्सिल रोबर्ट मुलरको टोलीले न्याय विभागमा आफ्नो प्रतिवेदन पेश गरेको छ ।

राष्ट्रपति चुनावमा रुसी हस्तक्षेप र राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी अभियानका बीचमा साँठगाँठ रहेको आरोपबारे विशेष काउन्सिल मुलरको टोलीले २२ महिना लगाएर अनुसन्धान गरी आफ्नो प्रतिवेदन बुझाएको हो ।

मुलरले महान्यायाधिवक्ता विलियम बारलाई प्रतिवेदन बुझाएका हुन् । महान्यायाधिवक्ता विलियमले अब प्रतिवेदनलाई संक्षेपीकरण गर्ने छन् र अमेरिकी संसद्मा पेश गर्ने अंशबारे निर्णय लिनेछन् ।

मुलरको प्रतिवेदनमा कुनै पनि किसिमको गम्भीर आरोप नलाइएको न्याय विभागका अधिकारीलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

विशेष काउन्सिल मुलरले राष्ट्रपति ट्रम्पका ६ पूर्वसहयोगी तथा दर्जनौँ रुसी अधिकारीविरुद्ध यसअघि नै आरोप लगाएका छन् ।

महान्यायाधिवक्ता विलियमले संसद्का नेतालाई पत्र लेखेर मुलरको प्रतिवेदनका मुख्य कुरा आगामी हप्तासम्म पेश गर्ने जानकारी दिएका छन् ।(एजेन्सी)