अर्घाखाँची, मंसिर २३ । संविधान संशोधनका नाममा पाँच नम्बर प्रदेश टुक्र्याउन पाइन्न भन्दै अर्घाखाँचीमा मानव साङ्लो बनाइएको छ ।
मानव साङ्लो जुलुस प्रदर्शनमा सयौं मानिस सहभागि बने । विवादनै नभएको ठाउँमा सरकारले संविधान संशोधनको नाममा विवाद सृजना गरेको आरोप लगाउँदै जिल्लाका सबै सरकारी कार्यालय घेराउ गरी काम काज पनि ठप्प पारिएको छ ।
संयुक्त संघर्ष समितिको निर्णय अनुसार जिल्लाका जिल्ला प्रशासन, जिविस, जिल्ला प्रहरी, जिल्ला शिक्षा कार्यालयलगायतका सरकारी कार्यालयको प्रवेशद्वारमा मानव साङ्गलो निकाली प्रदर्शन गरिएको हो । सरकारले संविधान संशोधन प्रस्ताव फिर्ता नलिए कडाभन्दा कडा संघर्षमा उत्रने संयुक्त संघर्ष समितिले जनाएको छ ।
मानव साङ्लोमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नयाँशक्ति, उद्योग बाणिज्य संघ, अन्तरपार्टी महिला सञ्जाललगायत प्रमुख दल एवं प्रतिनिधिले सहभागिता जनाएका छन् ।










प्रतिक्रिया दिनुहोस्