५ जेष्ठ २०८२, सोमबार | Mon May 19 2025


जुम्लाका गायक दिपकको गीतमा अष्ट्रेलियाका कलाकारको दमदार डान्स(भिडियो)


0
Shares

काठमाडौं । जुम्लाको सिन्जामा जन्मिएर सुर्खेतमा हुर्किए दिपक चौंलागाइ ।

गाउँमा सांगीतिक माहोल नभएपनि उनी गायनमा खुबै रुची राख्थे । स्कुलका स्टेजमा उत्रिएर गीत सुनाउँथे ।

संगीत उनको सौख थियो । संगीतमा नशा थियो । गायक बन्ने अनि दुँनिया नचाउने उनको बाल्यकालदेखिकै लक्ष्य थियो ।

लक्ष्य भए गन्तब्यमा पुगिन्छ भन्ने अठोटका साथ २०६५ सालमा उनले पहिलो गीत रेकर्ड गराए ।

क्याम्पस अध्ययन गर्दै रेकर्ड गराएको ‘तिम्रो मनको बोली’ सामान्य मात्र चल्यो ।

रामचन्द्र काफ्लेको संगीत र गीताञ्जली सोनामको शब्दमा दिपकले स्वर दिएको उक्त गीत ‘ट्रायल’का रुपमा बजारमा आयो ।

तर २०७० सालमा रेकर्ड भएको ‘जब तिम्रो’ बोलको गीतले दिपकलाई संगीतमा बामे सर्न सिकायो ।

सुनिल गिरीको शब्दमा तयार भएको उक्त गीतपछि दिपक संगीत साधन र संगीत कक्षा संचालनमा तल्लिन रहे ।

सुर्खेतको बागिस समूहको सांगीतिक प्रस्तुतीहरुबाट प्रभावित उनको तेस्रो गीत ‘सिङ्गल मिङ्गल’ अष्ट्रेलियामा छायाकंन भएपछि भने उनको सांगीतिक करियरमा नयाँ आयाम थपिएको छ ।

त्रिभुवन विश्वविद्यालयमा साइन्स विषयमा स्नाकोत्तर गरिरहेका उनको यो गीतमा  हाइ फाइभ क्रु समूहले दमदार डान्स प्रस्तुती दिएर नेपाल, अष्टे«ेलियालगायतका देशमा चर्चा कमाइरहेको छ ।