
काठमाडौं, असार २३ । नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले सुशासन र न्यायको क्षेत्रमा नेपाल प्रहरीले फड्को मारेको बताएका छन् ।
अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलहरुको ३ नम्बर प्रदेशस्तरीय कार्यशालाको शनिबार राजधानीमा समापन कार्यक्रममा उनले ऐन–कानुनको प्रभावकारी कार्यान्वयनमा अझ सशक्त भएर लाग्ने प्रतिबद्धता व्यक्त गरे ।
सरकारले आगामी भदौ १ गतेबाट मुलुकी अपराध आचारसंहिता ऐनलगायत नयाँ फौजदारी कानुन कार्यान्वयनका लागि तयारी गरेको छ ।
यसबाट अपराध नियन्त्रणमा थप प्रभावकारिता आउने विश्वास लिइएको छ ।
प्रतिक्रिया दिनुहोस्