Logo १७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026


पाँच नम्बर प्रदेशमा दशौं दिन पनि बन्द जारी


0
Shares

गुल्मी, मंसिर २४ । संविधान संशोधन प्रस्तावको विरोधमा पाँच नम्बर प्रदेशका विभिन्न जिल्लामा शुक्रबार दसौं दिन पनि बन्द र प्रदर्शन जारी छ ।

पाँच नम्बर प्रदेशबाट पहाडी जिल्ला टुक्र्याउन नहुने भन्दै उद्योग वाणिज्य संघहरुको आह्वानमा १० दिनदेखि पाल्पा र गुल्मी जिल्ला बन्द आह्वान गरिएको हो ।

१० दिनदेखिको बन्दका कारण यी जिल्लाको जनजीवन कष्टकर बन्दै गएको छ । बन्दका कारण यातायातका साधन सञ्चालन हुन सकेका छैनन् भने बजार, कलकारखाना र शैक्षिक संस्था ठप्प छन् ।

प्रदेश टुक्र्याउन लागिएको भन्दै रुपन्देही, अर्घाखाँची, कपिलवस्तु, प्युठानलगायतका जिल्लामा पनि प्रदर्शनहरु भइरहेका छन् ।