विराटनगर, मंसिर २४ । नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङले संविधान संशोधनका लागि सरकारले संसदमा पेश गरेको विधेयक फिर्ता नलिएसम्म सदन र सडक संघर्ष नरोकिने बताएका छन् ।
विराटनगर विमानस्थलमा शुक्रबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता नेम्वाङले संविधान कार्यान्वयन गर्ने बेलामा संशोधन गर्नुको कुनै औचित्य नहुने बताए । उनले संविधान कार्यान्वयनका लागि निर्वाचन गराउनभन्दा संशोधन गर्नतिर सरकार लागेकाले बाध्य भएर एमाले सडक र सदनको आन्दोलनमा होमिएको जिकीर गरे ।
नेम्वाङले ९० प्रतिशत जनप्रतिनिधिको सहमतिमा निर्माण भएको संविधान कसैले भन्दैमा परिवर्तन गर्न नसकिने स्पष्ट पारे ।





प्रतिक्रिया दिनुहोस्