Logo १० पुस २०८२, बिहिबार | Thu Dec 25 2025


संविधान संशोधन प्रस्ताव परिमार्जन गरिन्छ : अर्थमन्त्री


0
Shares

लमजुङ, मंसिर २४ । उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महराले संविधान संशोधन प्रस्तावमा परिमार्जन गरिने बताएका छन् ।

शुक्रबार लमजुङको बेसीसहरमा लमजुङ महोत्सवको उद्घाटन गर्दै उनले संशोधनको विषयमा विरोध तथा समर्थनमा बहस हुनु स्वाभाविक रहेको भन्दै प्रस्ताव परिमार्जन गरिने बताएका हुन् ।

सरकार सहमतिमा संविधान संशोधन गरी निर्वाचनको तयारीमा लाग्ने उनको भनाइ थियो ।

अर्थमन्त्री महराले सरकारले छिट्टै पूरक बजेट ल्याउने तयारी गरिरहेको पनि बताए ।