काठमाडौं, मंसिर २४ । नेपाली कांग्रेसका सभापति शेरबादुर देउवाले विपक्षी दल नेकपा एमालेका कारण मुलुकमा विखन्डनको नारा आउन थालेको बताएका छन् ।
जनताका जायज मागलाईसमेत अतिरन्जित गरेर प्रचार गर्ने र अराजकता फैलाएर विखन्डनलाई सहयोग पुग्ने काम एमाले र त्यसको नेतृत्वबाट भइरहेको सभापति देउवाको आरोप छ ।
शुक्रबार राजधानीमा नेपाल कर्मचारी युनियन संघको विधानसभा उद्घाटनसत्रमा सभापति देउवाले एमालेकै सहयोगमा संशोधन विधेयक पास हुने पनि बताए ।
कार्यक्रममा कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले विपक्षी दलले अनावश्यक विषयमा विवाद गरेको भन्दै दलहरुबीच सहमति गरी निकासको बाटोमा लाग्नुपर्ने धारणा राखे ।
शनिबारसम्म चल्ने विधानसभाले कर्मचारी युनियनको विधान संघीय संरचनाअनुसार तय गर्नेछ ।





प्रतिक्रिया दिनुहोस्