२९ बैशाख २०८२, सोमबार | Tue May 13 2025


इंग्ल्यान्ड–भारतबीचको चौथो टेस्टमा ब्याट्सम्यान हावी


0
Shares

काठमाडौं, मंसिर २४ । इंग्ल्यान्ड र भारतबीचको चौथो टेस्ट क्रिकेटमा ब्याट्सम्यान हावी भएका छन् ।

मुम्बईमा जारी खेलमा इंग्ल्यान्डले पहिले ब्याटिङ गर्दै ४०० रन बनायो ।

‘डेब्यु’ खेलाडी किटन जेनिङ्सले ११२ रन बनाएको इनिङमा जोस बट्लर र मोइन अलीले अर्धशतक पूरा गरे ।

स्पिनरले ‘चमत्कार’ गरेको इनिङमा भारतका बलर रविचन्द्रन आश्विनले ६ तथा रविन्द्र जडेजाले ४ विकेट लिए ।

जवाफमा मैदानमा उत्रिएको भारतले शुक्रबार दोस्रो दिनको समाप्तिसम्म १ विकेटको क्षतिमा १४६ रन बनाइसकेको छ ।

मुरली विजय र चेतेश्वर पुजाराले दोस्रो विकेटका लागि १०७ रनको साझेदारी गरिसकेका छन् । विजय ७० तथा पुजारा ४७ रनमा अविजित छन् ।

यसअघिका दुई खेल भारतले जितेको थियो भने एक खेल बराबरीमा सकिएको थियो ।