प्रदीप पौडेल (इमेज)
पोखरा, चैत ८ । अवैधरुपमा नेपालमा बसी व्यवसाय सन्चालन गरेका विदेशीहरुलाई नियन्त्रण गर्न सरकारलाई पर्यटन व्यवसायीले आग्रह गरेका छन ।
अध्यागमन विभागले शुक्रबार पोखरामा गरेको कार्यक्रममा बोल्दै पर्यटन व्यवसायीहरुले पर्यटक भिसा लिएर अवैध पेसा, व्यवसाय गर्ने विदेशीलाई अनुगमन गर्न माग गरेका हुन् ।
अवैधरुपमा बस्ने र व्यवसाय सन्चालन गर्ने त्यस्ता व्यवसायीका कारण सरकारले राजस्वसमेत प्राप्त गर्न नसकेको र केही व्यवसायीले मुलुकको बदनामसमेत गरेको तथ्य उनीहरुले प्रस्तुत् गरेका थिए ।
कार्यक्रमको उद्घाटन गर्दै गन्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले अवैधरुपमा बस्ने पर्यटकलाई नियन्त्रणका लागि प्रदेश सरकारले योजना बनाइरहेको बताऐ ।
मन्त्री चुमानले अहिले प्रदेश सरकारले विदेशी पर्यटकको तथ्यांक राख्न थालेपनि आन्तरिक पाहुनाको लेखाजोखा गर्न नसकेको बताए ।
अध्यागमन विभागका महानिर्देशक ईश्वरीराज पौडेलले यस वर्षमात्रै विभिन्न कसुरमा सजाय पाइ नेपालबाट १६४ जना विदेशीलाई निस्काशन गरिएको जानकारी दिए ।
जाली राहदानी र भिसा, शंकास्पद कागजात, ‘ओभर स्टे’लगायतमा केहीलाई हिरासतमा राखिएको उनले बताए ।









प्रतिक्रिया दिनुहोस्