Logo १७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026


साइकललाई ट्याक्टरको ठक्कर, बहिनीको मृत्यु, दिदी घाइते


0
Shares

लहान, मंसिर २५ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत् सिरहा, लहानमा ट्याक्टरले साइकललाई ठक्कर दिँदा शनिबार एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सप्तरी हरिपुर–१ का १५ वर्षीया श्यामाकुमारी चौधरी रहेका छन् । ठक्करबाट मृतककी दिदी १६ वर्षीया बबिताकुमारी चौधरी गम्भीर घाइते भएकी छन् ।

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको स१त १८०२ नम्बरको ट्याक्टरले दिदीबहिनी सवार साइकललाई लहान नगरपालिका–११ पडरीयामा पछाडिबाट ठक्कर दिँदा घाइते भएकी श्यामाकुमारीलाई उपचारका लागि अस्पताल लैजानेक्रममा मृत्यु भएको छ भने बहिनी बबिताको लहानस्थित रामप्रसाद उमा स्मारक अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ । रासस