काठमाडौं, चैत ८ । विकास आयोजनाहरुको कार्यान्वयनका लागि स्थानीय सरकारलाई पनि जिम्मेवार बनाउनुपर्ने जोड दिइएको छ ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले शुक्रबार राजधानीमा आयोजना गरेको सार्वजानिक वित्त व्यवस्थापनसम्बन्धी अन्तरक्रियामा विज्ञहरुले उक्त जोड दिएका हुन् ।
संघीय सरकार आफैंमात्र जिम्मेवार भएर काम गर्दा आयोजना समयमै पूरा गर्न नसक्ने भन्दै स्थानीय तहलाई पनि जिम्मेवार बनाउनुपर्नेमा जोड दिइएको छ ।
अर्थ मन्त्रालयका बजेट महाशाखा प्रमुख हरिशरण पुडासैनीले आगामी बजेटमा स्थानीय सरकारको जिम्मेवारी समेटिने तयारी भइरहेको जानकारी दिएका थिए ।









प्रतिक्रिया दिनुहोस्