Logo १७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026


चारजनाको ज्यान जाने गरी कसरी ठोक्कियो जन्तीबस र कार ? (भिडियो)


0
Shares

प्रकाश लम्साल (इमेज)
बारा, मंसिर २५ । बाराको आधाभारमा शनिबार बिहान विवाहको जन्ती बोकेको बस र कार आपसमा ठोक्किँदा भएको दुर्घटनामा चारजनाको मृत्यु भएको छ ।

वीरगन्जबाट हेटौंडातर्फ जन्ती बोकेर गइरहेको ना६ख ६७५४ नम्बरको बस र पथलैयातर्फ आउँदै गरेको बा१२च ८२९० नम्बरको कार आपसमा ठोक्किँदा दुर्घटना भएको हो ।

दुर्घटनामा परी मृत्यु हुनेहरुमा कारचालक खोटाङ–८ रामधनीका दीपक थापा, सोही स्थानका महेन्द्र आले, कुमारी थापा र उनका ११ महिनाका छोरा जेनिस आले रहेकोे इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।

दुर्घटनामा बसमा सवार केही जन्ती सामान्य घाइते भएका छन् । घाइतेहरुको वीरगन्ज र हेटौंडामा उपचार भइरहेको छ ।

अत्याधिक गतिका कारण कार अनियन्त्रित भइ बसमा ठोक्किएपछि दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ ।

भिडियो हेर्नुहोस्