काठमाडौं, मंसिर २५ । संविधान संशोधनको औचित्यमाथि नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरुले आ–आफ्नो अडान कायमै राखेका छन् ।
शनिबार काठमाडौंमा गरिएको साक्षात्कारमा नेकपा एमालेका नेता डा. वंशीधर मिश्रले संविधान संशोधन प्रस्ताव फिर्ता लिएर दलहरुबीच नयाँ सहमति खोजी गर्न सरकारलाई सुझाव दिए ।
उनले संविधान संशोधनको औचित्य नभएको भन्दै सरकारले ल्याएको संशोधनको प्रस्ताव फिर्ता लिएर चुनावमा जानुपर्ने बताए ।
संशोधन प्रस्ताव जनताबाट अस्वीकार्य भइसकेकाले फिर्ता लिनुको विकल्प नभएको उनको भनाइ थियो ।
कार्यक्रममा नेपाली कांग्रेसका नेता फर्मुल्लाह मन्सुरले संविधान संशोधन प्रस्तावको विरोध गर्नु एमालेको राजनीतिक बेइमानीमात्र भएको आरोप लगाए ।
उनले सरकारले ल्याएको प्रस्ताव जनभावनाअनुसारकै भएको जिकिर गरे ।
यस्तै, राप्रपाका नेता राजाराम श्रेष्ठले संविधान कार्यान्वयनका लागि नयाँ समझदारीका साथ अघि बढ्नुपर्नेमा जोड दिए ।









प्रतिक्रिया दिनुहोस्