११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


एसइईमा ४ जीपीए ल्याउने विद्यार्थीहरुलाई सम्मान


0
Shares

काठमाडौं, असार २३ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपालले एसइईमा ४ जीपीए ल्याउने विद्यार्थीहरुलाई सम्मान गरेको छ ।

शनिबार राजधानीमा ललितपुर प्याब्सनले गरेको कार्यक्रममा ८३३ जना विद्यार्थीहरुलाई सम्मान गरिएको हो ।

कार्यक्रममा राष्ट्रिय अभिभावक संघका अध्यक्ष धर्मदत्त देवकोटाले प्रभावकारी शिक्षाका लागि शिक्षामा बजेट बढाउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा सहभागी शिक्षकहरुले भने समयमा तलब नपाउने तथा सुविधा नपाउने समस्या समाधान गर्नुपर्ने बताए ।