Logo १० पुस २०८२, बिहिबार | Thu Dec 25 2025


आन्दोलन अझै रोकिएन, बन्दका कारण जनजीवन कष्टकर बन्दै


0
Shares

काठमाडौं(जिल्ला ब्यूरो), मंसिर २६ । संविधान संशोधन प्रस्तावको विरोधमा सुरु भएको प्रदर्शन आइतबार पनि विभिन्न जिल्लामा कायमै छ ।

प्रदेश नं ५ बाट पहाडी जिल्लालाई टुक्र्याउन लागेको विरोधमा आज १२ औं दिन पनि अर्घाखाँची र गुल्मी जिल्ला बन्द भएका छन् ।

लगातारको बन्दका कारण यी जिल्लाको जनजीवन कष्टकर बनेको छ । बन्दका कारण जिल्लाका सम्पूर्ण यातायात, बजार, उद्योग तथा कलकारखाना ठप्प हुँदा सर्वसाधारणले सास्ती भोग्नुपरेको छ ।

आन्दोलनकारीले दिनहुँ जिल्ला प्रशासन र जिविसको कार्यालय अगाडि धर्ना दिने र फरक फरक प्रकृतिका प्रदर्शन गरेर विरोध जनाउँदै आएका छन् ।

संसद्मा दर्ता गरिएको संशोधन प्रस्ताव फिर्ता नगर्दासम्म बन्दको कार्यक्रम यथावत् राख्दै धर्ना र प्रदर्शनलाई अझ सशक्त बनाउँदै लैजाने संयुक्त आन्दोलन परिचालन संघर्ष समितिले जनाएको छ ।

यता, बुटवल, रोल्पा, पाल्पा, प्यूठानमा भने बन्द हड्तालका कार्यक्रम स्थगित गरी ¥याली, जुलुस, सभा, गोष्ठीलगायतका कार्यक्रम जारी रहेका छन् ।