काठमाडौं, मंसिर २६ । काठमाडौंको बसन्तपुरस्थित दमै टोलको एक घरमा आज आगलागी भएको छ । खाना पकाउने ग्यास लिक भएर चन्द्रमान डंगोलको घरमा आगलागी भएको हो ।
आगलागीबाट घरमा रहेका सामान जलेर नष्ट भएका छन् । काठमाडौं महानगरपालिकाको दमकलले आगलागी नियन्त्रणमा लिएको छ । आगो निभाउने क्रममा उमेशनाथ खड्का घाइते भएका छन् ।
उता, डडेल्धुराको परशुराम नगरपालिका–९ गाईवाधे बजारमा आइतबार राति भएको आगलागीबाट करोडौंको मालसमान जलेर नष्ट भएको छ ।
जिल्ला सदरमुकामभन्दा करिव ६० किलोमिटर पश्चिममा रहेको बजारका ८ वटा पसल आगलागीबाट ध्वस्त भएका छन् ।
स्थानीय रमेश बोहराको पसलबाट सुरु भएको आगलागी अन्य पसलमा फैलिएको थियो ।
नेपाली सेना, नेपाल प्रहरी र स्थानीयको सहयोगमा करिब तीन घण्टाको प्रयासमा आगलागी नियन्त्रणमा लिइएको थियो ।










प्रतिक्रिया दिनुहोस्